अष्ट्रेलियामा आशिकलाई दुई स्वर्ण पदक

अष्ट्रेलियामा आशिकलाई दुई स्वर्ण पदक अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा अशिक खडका ले दुई स्वर्ण पदक र ओभरअल च्याम्पियनमा उपविजेता भएका छन्।

ब्रिसबेन, अष्ट्रेलिया – नेपाली युवा खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न ICN Natural Body Building प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेका छन्। उनले फिजिकल तर्फ दुईटा Gold medal र Overall champion मा दोस्रो स्थान हासिल गर्नुकाा साथै स्वर्ण पदक जित्न सफल भएका छन्। खड्का अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। हाल उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। पढाइ, पारिवारिक जिम्मेवारी, र व्यक्तिगत जीवन सन्तुलनमा राख्दै उनले शरीर सुगठन प्रतिको आफ्नो अटल समर्पण र मेहनतलाई निरन्तरता दिएका छन्।

कसैले सोच्न सक्दैन कि पढाइ र संघर्षले भरिएको जीवनको बीचमा पनि अशिकले यस्तो गौरवमय उपलब्धि हासिल गर्न सक्दछन्। उनी ब्रिसबेनका विभिन्न प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न छन् र समाजमा युवाहरूलाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गरिरहेका छन्। उनको शरीर निर्माण प्रतिको लगाव, निरन्तर अभ्यास र कडा परिश्रमले नेपाली युवाहरूका लागि नयाँ प्रेरणा र सम्भावनाको ढोका खोलेको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अशिकको यस सफलतालाई गर्वका रूपमा लिएको छ। प्रतियोगिता विजय पश्चात ONF QLD का अध्यक्ष प्रेम शाहिको टोलीले चौतारीमा आशिकको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा खादा माला लगाई उनलाई सम्मान गरिएको थियो र विजयीको खुसीमा केक काटेर भव्य रूपमा सफलताको उत्सव मनाइएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ