
प्रथम काठमान्डौ मिस्टर बडिबिल्डिङ प्रतियोगिता २०८२ साल असार ६ र ७ गते आयोजना हुने भयको छ। काठमान्डौ महानगरपालिका वडा नम्बर २२ को आयोजनमा प्रतियोगिता अन्तर्गत पहिलो दिन काठमान्डौको दशरथ रङ्शालामा मपदण्ड बमोजिम तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र पाईनल खेल काठमान्डौको प्रदर्शनि मार्ग स्थित राष्ट्रीय सभाग़ृहमा हुने भएको हो ।
नेपाल शारिरीक सुगठन तथा फिट्नेस महासंघको सहकार्य तथा काठमान्डौ जिल्ला शारिरीक सुगठन तथा फिट्नेस संघको प्राबिधिक सहयोग मा हुने प्रतियोगितामा कुल ६ तौल समूहमा खेलाईने भएको हो। जस अन्तर्गत ५५ केजी ६० केजी ६५ केजी ७० केजी ७५ केजी र ७५ केजी भन्दा माथि तौल समुहमा प्रतिस्पर्धा गराईने आयोजकले जनाएकोछ। फाईनल खेल को प्रतिस्पर्धाबाट प्रत्यक तौल समुहबाट प्रथम , दोस्रो,र तेस्रो हुने खेलाडीलाई क्रमश स्वर्ण ,रजत तथा कास्य पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। हरेक तौल समूहमा बिजेता, उपबिजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमश ७५ हजार, ५० , हजार र २५ , हजार रुपियाँ प्रदान गरिनेछ। यसैगरी प्रत्यक तौल समूहको बिजेताहरु मिस्टर महानगरको दाबेदारीताका लागी ओभरअल प्रतिस्पर्धा मा खेल्नका लागी छ्नोट हुनेछन।
ओभरअल प्रतिस्पर्धामा बिजेता खेलाडीलाई मिस्टर महानगरको टाईट्लसहित नगद रु पाँच लाख , ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ।
साथै प्रतियोगिताको अनुमानित बजेट २५ लाख रुपिँया रहेको आयोजकले जनायेकोछ।
