प्यालेसले पहिलो पटक एफए कप उपाधि जित्यो

क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । प्यालेसले पहिलो पटक एफए कप उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा गएराति भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा १६ औं मिनेटमा गोल गरेको गोल नै निर्णायक बन्यो । सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ ।

प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहीन भयो । प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ