आइपीएल इण्डियन प्रिमियर लिग अन्तर्गत आजदुई खेल


काठमाडौं । इण्डियनप्रिमियर लिग (आइपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ।
आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जावकिंग्सबीच हुँदैछ भने, दोस्रो खेल दिल्लीक्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ।
नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जावकिंग्स खेल्दैछन्। जारी आइपीएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाटबाहिरिएको छ भने पञ्जावकिंग्स प्लेअफको दौडमा रहेको छ।
राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अंक रहेको छ र अंकतालिकामा नवौं स्थानमा रहेको छ। त्यसैगरी पञ्जावकिंग्सको ११ खेलमा १५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ।
यस सिजनमा यस अघिअप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयीभएको थियो। त्यस्तै आज दोस्रो खेल दिल्लीक्यापिटल्स र गुजरातबीचदिल्लीमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुनेछ।
११ खेलमा १३ अंकहाँसिलगर्दै दिल्लीप्लेअफको दौडमा कायम रहेको छ। त्यस्तै गुजरात भने ११ खेलमा १६ अंक हासिल गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।
आजको जित दुवैका लागि प्लेअफको दौडमामहत्वपूर्ण रहने छ। यस सिजनमायसअघिदुवैबीचअप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ