नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप सुपर–थ्री मा प्रवेश

नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको सुपर–थ्री मा प्रवेश गरेको छ ।

आज हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा सुपर–थ्रीमा प्रवेश गरेको हो । नेपालले ४ खेलमा २ मा जीतर १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको हो।

हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको हो भने बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर अन्तिम्मम रहेको हो ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ भने हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेतालिका रहेकोछ । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

अब को खेलमा नेपालले सुपर–थ्रीमा ५ गते सोमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्ने तालिका रहेकोछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ