बागमती प्रदेश सरकारले स्पोर्टस अवार्ड एन्ड युथ समिट गर्ने


काठमाडौं । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने भएको छ ।
आईतबार जेष्ठ ४ गते बागमती प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गरी सम्मान गर्न लागेको हो ।
अवार्ड कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा आयोजना हुने र युथ समिट भने केहि सातापछि आयोजना गरिने आयोजना समितिले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशका मीनकृष्ण महर्जनले पहिलो पटक आयोजना गर्न लागिएको अवार्ड कार्यक्रमले नयाँ पुस्तालाई खेलकुदमा आबद्ध हुन अवार्डको आयोजना गरिएको बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ