बार्सिलोना द्वारा रियल म्याड्रिड ४–३ गोल अन्तरले पराजित

बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक ।

गएराति भएको ऐतिहासिक ‘एल क्लासिको’ मा ४–३ को जीत निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अङ्क दूरी सातमा पुर्‍याएको छ ।

बार्सिलोनाको जीतमा लामिन यामालर र एरिक गार्सियाले समान एक र राफिन्हाले दुई गोल गरे भने रियल मड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अङ्क छ । रियलको भने समान खेलबाट ७५ अङ्क छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जीत या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।

यो सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जीत निकाल्न सफल रहेकोहो । जसमध्ये पछिल्लो जीत कोपा डेल रे फाइनलमा निस्किएको थियो ।

ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित हुदै कीर्तिमान राखेका हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ