नेपाल द्वारा श्रीलङ्का ५–० ले पराजित

भारतमा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसिपको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

अरुणाञ्चलको गोल्डेन जुबिली रङ्गशालामा हिजो भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।

यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलङ्का भने बाहिरिएको छ । यसअघि समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अब भोलि भारतसँग खेल्नेछ । यो खेल जित्यो भने जित्यो भने नेपाली टोली समूह विजेता बन्नेछ । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को १८ वर्षमुनिको संस्करण जितेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ