
काठमाडौं, बैशाख २८ गते ।
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको तेस्रो
संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापतिले प्रतियोगितामा च्याम्पियन हुने
त्रिभुवन आर्मी क्लब, Men Single तथा Women Single प्रतियोगिताका विजेता पुरुष सिंगल्स खुल्ला तर्फ प्रदिप खड़का प्रथम भए भने आरभ सम्राट हाड़ा दोस्रो निसान श्रेष्ठ, प्रणय मानन्धर तेस्रो भएकाछन,।
महिला सिंगल्स खुल्ला तर्फ सिभाली गुरुङ प्रथम भए भने स्वस्तिका बिष्ट दोस्रो सुनिरा थापा,प्रकृति श्रेष्ठ तेस्रो भएकाछन।
पुरुष डबल्समा प्रदिप खड़का र आयुष्मान घले को जोडी प्रथम तथा निहल जंङ बहादुर थापा र आरंभ सम्राट हाडा दोस्रो भए भने निसान श्रेठ र सक्षम विक्रम शाह तेस्रो भएकाछन ।

महिला डबल्समा स्वस्तिका विष्ट र आईसा डोल्कर गुरुङ, प्रथम भए भने प्रश्ना मानन्धर र प्रकृति श्रेष्ठ दोस्रो तथा सिभाली गुरुङ र श्रेया भट्टाराई आध्या पौडेल र समृद्धि महर्जन तेस्रो भएकाछन ।
३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परिवार प्रथम भए भने सन्तोष खत्री दोस्रो तथा भिष्म जंग गुरुङ दावा सोनाम शेर्पा तेस्रो भए ।

३५ वर्षमाथि पुरुष डबल्समा दावा सोनाम शेर्पा र सन्तोष खत्री प्रथम तथा गगन महर्जन र भिष्म जंग गुरुङ दोस्रो भए भने कमल भण्डारी र यज्ञ बहादुर भण्डारी जितेन्द्र परिवार ईलम दिक्षित तेस्रो भए ।
४५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी प्रथम तथा रोहित सुनुवार दोस्रो भए भने छेवाङ लामा र प्र.से. देव हादुर क्षेत्री (अ.प्रा.) तेस्रो भए ।
४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठ प्रथम तथा मान बहादुर कटवाल र हिमाल शाहा दोस्रो भए भने रोहित सुनुवार र इब्राहिम मुस्लिम ,दुर्गा कुंवर र महेश श्रेष्ठ तेस्रो भए।

५५ वर्षमाथि पुरुष सिंगल्समा बिमल कुमार गुरुङ प्रथम तथा मनोज बिक्रम शाह दोस्रो भए भने जीवन घिमिरे र सुदर्शन विष्ट डेगेन्द्र श्रेष्ठ र शिव सेढाई तेस्रो भए।
५५ वर्षमाथि पुरुष डबल्समा बिमल कुमार गुरुङ र हिमाल शाह प्रथम तथा चन्द्र शाही र सुनिल गुरुङ दोस्रो भए भने जीबन घिमिरे र शुदर्शन विष्ट डेगेन्द्र श्रेष्ठ र शिव सेढाई तेस्रो भए।

६५ वर्षमाथि पुरुष सिंगल्समा धुर्व गुरुङ पर्थम तथा बिदुर विष्ट दोस्रो भए भने ज्ञानेन्द्रमान ताम्राकार मनोज राणा तेस्रो भए।
७० वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार प्रथम तथा दीपक श्रेष्ठ दोस्रो भए भने गौतमलाल प्रधान स.र. भरत रायमाझी अ.प्रा तेस्रो भए ।

इन्टर गोभरमेन्ट पुरुष सिंगल्समा प्र.से. देव बहादुर क्षेत्री (अ.प्रा.) प्रथम तथा प्र.से अमित सिंह गुरुङ (अ.प्रा.) भए भने प्र.से. डा. विपिन कुमार श्रेष्ठ स.र. राम राणा (अ.प्रा.) तेस्रो भएका हुन ।
इन्टर गोभरमेन्ट पुरुष डबल्समा मा.उ.र. सागर बहादुर के.सी. (अ.प्रा.) र प्र.से. देव बहादुर क्षेत्री (अ.प्रा.) प्रथम तथा प्र.से. अमित सिंह गुरुष्ठ (अ.प्रा.) र स.र राम राणा (अ.प्रा.) दोस्रो भए भने उ. र. निरन्जन कुमार श्रेष्ठ (अ.प्रा.) र प्र.से.अमुल्य सिंह (अ.प्रा.) वाबुकृष्ण कार्की (अ. प्रा.) र प्र.से. नुकल थापा तेस्रो भएका हुन।
साथै समारोहमा प्रतियोगितामा विभिन्न विधाहरूमा
उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिएको हो।

मिति २०८२ वैशाख २१ गतेबाट सुरु भएको प्रतियोगिता जड्गी अड्डा र दशरथ रङ्गशालास्थित
टेनिस कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा ९ वटा क्लबका १५ जना महिला सहित १९६
जना खेलाडीहरूले १२ वटा विधा र Inter-Governmental तर्फको २ वटा सहित कुल १४ वटा
विधाका खेलहरूमा प्रतिस्पर्धा गरेका थिए।
