तेस्रो प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता पुरुष डबल्समा प्रदिप खड्का र आयुष्मान घलेको सेट विजयी

काठमाडौं, बैशाख २७ गते ।
मिति २०८२ वैशाख २१ गतेबाट जङ्गी अड्डामा सञ्चालन भई रहेको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ अन्तर्गत आज भएको सम्पन्न विभिन्न विधाका पाँच वटा फाईनल प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगितामा
पुरुष डबल्समा प्रदिप खड्का र आयुष्मान घलेको सेट विजयी भएको छ ।
३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार विजयी भएका छन् ।
३५ वर्षमाथि पुरुष डबल्समा दावा सोनम शेर्पा र सन्तोष खत्रीको सेट विजयी भएको छ ।
४५ वर्षमाथि पुरुष सिंगल्समा कमल बहादुर भण्डारी विजयी भएका छन् ।


५५ वर्षमाथि पुरुष डबल्समा विमल कुमार गुरुङ्ग र हिमाल शाहको सेट विजयी भएको छ ।
साथै, भोली मिति २०८१ वैशाख २८ गते प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ को समापन समारोह सञ्चालन हुनेछ । समापन समारोहको अवसरमा पुरुष सिंगल्स खुल्ला तर्फको फाईनल खेल समेत सञ्चालन हुनेछ ।
खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको प्रतियोगिता प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै आएको आयोजक ले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ