तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस स्वस्तिका विष्ट र आईसा गुरुङ्गको जोडि विजयी

तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२
वैशाख २१ गतेबाट जङ्गी अड्डामा सञ्चालन भई रहेको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार भएको विभिन्न विधाका जम्मा १५ खेल तर्फ
पुरुष सिंगल्स खुल्ला तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा प्रदिप खड्का र आरभ हाडा विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।
महिला डबल्स खुल्ला तर्फ सम्पन्न फाईनल खेलमा स्वस्तिका विष्ट र आईसा गुरुङ्गको जोडि विजयी भएको छ ।
३५ वर्षमाथि पुरुष सिंगल्समा तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा जितेन्द्र परियार र सन्तोष खत्री विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।
३५ वर्षमाथि पुरुष डबल्समा तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा निम्न अनुसारको सेट विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।
दावा सोनम शेर्पा र सन्तोष खत्री र गगन महर्जन र भिष्म जंग गुरुङ्ग ले फाइनलमा प्रतिस्प्रधा गर्ने छन् ।

४५ वर्षमाथि पुरुष  सिंगल्स तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा कमल बहादुर भण्डारी र रोहित सुनुवार विजयी भई फाईनलमा प्रवेश गरेका छन् । 
४५ वर्षमाथि पुरुष डबल्स तर्फ सम्पन्न फाईनल खेलमा चन्द्र शाही र दगेन्द्र श्रेष्ठको सेट विजयी भएको छ।

५५ वर्षमाथि पुरुष सिंगल्स तर्फ सम्पन्न फाईनल खेलमा विमल कुमार गुरुङ्ग विजयी भएका छन् ।
५५ वर्षमाथि पुरुष डबल्स तर्फ सम्पन्न २ वटा सेमी फाईनल खेलमा निम्न अनुसारको सेट विजयी भई फाईनलमा प्रवेश गरेका छन् ।
विमल कुमार गुरुङ्ग र हिमाल शाह को जोडिले चन्द्र शाही र सुनिल गुरुङ्ग सँग प्रतिस्पर्धा गर्नेछन् ।

 ६५ वर्षमाथि पुरुष सिंगल्स तर्फ सम्पन्न फाईनल खेलमा धुर्व गुरुङ्ग विजयी भएका छन् । 
 ७० वर्षमाथि पुरुष  सिंगल्स तर्फ सम्पन्न फाईनल खेलमा गनेन्द्र मान ताम्राकार विजयी भएका छन्। 
साथै, शनिबार  पुरुष डबल्स तर्फको २ वटा सेमी फाईनल खेलहरु सञ्चालन हुनेछन् भने पुरुष डबल्स तर्फ, ३५ वर्षमाथि पुरुष  सिंगल्स ३५ वर्षमाथि पुरुष डबल्स, ४५ वर्षमाथि पुरुष सिंगल्स र ५५ वर्षमाथि पुरुष डबल्स तर्फको फाईनल खेलहरु सञ्चालन हुनेछन् । तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता रहेको छ।

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको प्रतियोगिता प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै आएको आयोजक ले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ