महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल द्वारा बहराइन ९ विकेटले पराजित

काठमान्डौ नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ ।
तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।
कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे ।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगा सिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् । बहराइनले राम्रो सुरुवात गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो । उनी श्रीलंकाबाट खेलिसकेकी खेलाडी हुन् । यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १-१ अंक बाँडेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ