गुजरात टाइटन्सल द्वारा मुम्बई इन्डियन्स तीन विकेट ले पराजित

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै  शीर्ष स्थानमा उक्लिएको छ ।

वर्षाका कारण पटक–पटक प्रभावित भएको हिजोको खेलमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो ।

मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकोमा पानी परेर खेल प्रभावित भएपछि डीएलएस मेथडका आधारमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य दिएको थियो । मुम्बईले दिएको लक्ष्य गुजरातले ७ विकेटको क्षतिमा पूरा गर्‍याे।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए । जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन जोडे । मुम्बईका जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको निम्तो दिएको थियो । मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाएको थियो ।

यो खेलसँगै गुजरात ११ खेलमा ८ जीतसँगै १६ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अङ्क रहेकोछ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स बीच भिटन्त हुनेछ । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ