
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
आज भएको खेलकुद पत्रकारमञ्च चुनावी साधारण सभामा अध्यक्षको पदमा
निरन्जन अधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गरे । महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई हराए हो । त्यसैगरी अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द राज नेपाललाई पाखा लगएका हुन, ।
प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए । यस्तै मुना कार्की कोषाध्यक्ष र नमिता दाहाल महिला सदस्यमा निर्विरोध चयन भए्हुन । सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भए । सदस्यमा भुपेश उपाध्याय ले विनय ज्योति सापकोटालाई हराएकाहुन,।