एचजेबीएल हाउण्ड्सको लगातार दोस्रो जित


काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हातपारेको छ ।
कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबलक्लबमाथि ८५–८१ को रोमाञ्चक जित दर्ता गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्स र टाइम्सले दुई–दुई क्वाटरमा अग्रतालिएको थियो । तर बाजीहाउण्ड्सले मार्यो ।
टाइम्सले पहिलो क्वाटरमा २२–१९ ले आफ्नो पक्षमापार्दै अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउण्ड्सले पुनरागमन गर्यो र दोस्रो क्वाटर २६–२० ले आफ्नो पक्षमापार्दै हाफटाइमसम्म ४५–४२ को अग्रता बनायो ।
तेस्रो क्वाटर पनिहाउण्ड्सले २८–१६ आफ्नो पक्षमापार्दा ७३–५८ को अग्रता बनायो ।
१५अंकले पछि परेको अवस्थामापनिटाइम्सले चौथो क्वाटरपमाउत्कृष्टप्रदर्शन गर्दै पुनरागमन प्रयास गरेको थियो । चौथो क्वाटर टाइम्सले २३–१२ ले आफ्नो पक्षमा पा¥यो तर हार टार्न सकेन ।
टाइम्सका लागि कप्तान सदिशे प्रधानले सर्वाधिक २९ अंक स्कोर गरेपनिजिताउन सकेनन् । यस्तै विजयी टिम हाउण्ड्सका लागि सुजलखड्काले २१ अंक स्कोर गरे ।
हाउण्ड्सका विजय बुर्जा लगातार दोस्रो खेलमा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
हाउण्ड्सले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।
टाइम्सको भने यो पहिलो हार हो । पहिलो खेलमाटाइम्सले गोल्डेनगेट बास्केटबलक्लबलाई पराजित गरेको थियो ।
यस्तै मंगलबारै भएको दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई रोएल्सलाई ७९–७२ ले पराजित गरेको छ । गोल्डेनगेटको यो पहिलो जितहो भने रोएल्सको लगातार दोस्रो हार हो ।
पहिलो क्वाटर रोएल्सले २०–१६ ले आफ्नो पक्षमा पारे पनि त्यसपछि गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १७–१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म स्कोर ३३–३३ भएको थियो ।
तेस्रो क्वाटर २३–२२ ले आफ्नो पक्षमापारेको गोल्डेनगेटले अन्तिम क्वाटरअघिझिनो अग्रतालिएको थियो । चौथो क्वाटर पनि २३–१७ ले आफ्नो पक्षमापार्दै गोल्डेगेटले खेल जित्यो ।
गोल्डेगेटको जितमा निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबलप्लेअर घोषितभए । रोएल्सका प्रसन ध्वजमास्केले २५ अंक स्कोर गरे ।
लिगमा आज सामाखुशी युथक्लब कीर्तिपुरबीच प्रतिस्पर्धा हुदैछ । यीदुईबीचको पहिलो लिग खेलमाकीर्तिपुर विजयी भएको थियो ।
६ टोली सहभागिलिगडबल राउण्ड रोविन प्रणालीमा सञ्चालनभइरहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ