युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजी

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन पीएसजी ले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई उसैको घरमा पराजित गरेको छ । मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालमा सम्पन्न खेलमा पीएसजीले १–० को जित निकालेको हो ।

पीएसजीलाई जित दिलाउन फ्रान्सकै विंगर ओस्मान डेम्बेलेले गरेको गोल निर्णायक बन्यो । डेम्बेलेले खेलको चौथो मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । यसपछि थप गोल नहुँदा पीएसजीले जित सुनिश्चित गरेको हो ।

खेलभर दुवै टोलीले गोलका अवसर बनाए पनि गोलमा परिरणत गर्न सकेनन् । खेलको  ४७औँ  मिनेटमा आर्सनलका माइकल मेरिनोले गोल गरे पनि भिडियो असिस्टेन रेफ्री (भार)ले मान्यता भने दिएन ।

अब यी दुई टिमबीचको दोस्रो लेग मे ८ मा पीएसजीको मैदानमा हुनेछ । जसमा जित निकाल्ने टोलीले च्याम्पियन्स लिगको उपाधिका लागी बार्सिलोना र इन्टर मिलान बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ