
सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजनामा यहि २०८२ जेठमा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । खेलकुदअन्तर्गत ४ खेल प्रतियोगिता हुने छ ।
राष्ट्रिय रग्वी, खुला राष्ट्रिय तेक्वान्दो, ब्याडमिन्टन र फुटसलको प्रतिस्पर्धा हुनेछ । रग्वी र तेक्वान्दो काठमाडौंमा हुनेछ । बाँकी २ खेल कोशी प्रदेशको झापामा खेलाइने छ ।
प्रतियोगिता जेष्ठ दोश्रो सातादेखि जेठ अन्तिम साताको अवधिमा गर्ने गरी सञ्चालन गर्ने आयोजक एकेडेमीका अध्यक्ष रन्जित तामाङले जनाएका छन् ।
प्रतियोगिताको तालिका, पुरस्कार, प्रायोजकसहितको विस्तृत विवरण वैशाख अन्तिम साता सार्वजनिक गर्ने एकेडमीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।