नवौं पोखरा स्पोर्ट्स अवार्डका लागि चार विधामा मनोनयन सार्वजनिक

 बैशाख १७ गते

पोखरामा वैशाख २६ मा हुने नवौं पोखरा स्पोर्ट्स अवार्डका लागि बुधबार चार विधामा मनोनयन सार्वजनिक भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले पत्रकार सम्मेलन आयोजना गरी ७ मध्ये ४ विधामा मनोनयन सार्वजनिक गरेको हो । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी नवलपुर, टेनिसका प्रदीप खड्का कास्की र फुटबलका सुमित श्रेष्ठ कास्की मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही कास्की फेन्सिङकी कृपा गुरुङ स्याङ्जा र आईटीएफ तेक्वान्दोरमुआथाईकी सुस्मिता थापा मगर बागलुङ मनोनयनमा परेका छन् । वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की बागलुङ भलिबलका जितबहादुर सार्की स्याङ्जा र क्रिकेटकी रचना चौधरी कास्की मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा कास्की भलिबलका रमेश केसी स्याङ्जा र फुटबलका राजेन्द्र तामाङ कास्की मनोनयनको सूचीमा छन् ।

यी बाहेक लाइफटाइम अचिभमेन्ट अवार्ड खेल क्षेत्रका अग्रज व्यक्तित्वलाई प्रदान गरिने मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताए । अवार्ड समारोहमै वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबलाई पुरस्कृत गरिने भएकोछ । ‘खेलाडीको मनोबल बढ़ाउन र उनीहरुमा उर्जा थुप्रै ०७२ देखि अवार्ड प्रदान गरिँदै आएको छ’ उनले भने ।

मञ्चले वर्ष खेलाडी पुरुष र महिलालाई एक–एकवटा इलेक्ट्रिक स्कुटर प्रदान गर्ने छ । लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेलाई चाँदीको करुवा र ताम्रपत्र प्रदान गरिने मञ्चका महासचिव परशुराम शर्माले बताए । अन्य विधामा उत्कृष्ट हुनेले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । मनोनयन सार्वजनिक कार्यक्रममा पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले युवा विदेश पलायन हुँदा खेलकुद क्षेत्रमा समेत यसले ठूलो असर पारेको समेत बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ