आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि


काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधिजितेको छ। आइतबार टोटेनहमहट स्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधिजितेको हो ।
दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १अंकआवश्यकथियो ।
टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औंमिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमापारे । तर त्यो अग्रतालाई जोगाउन टोलीअसफल रह्यो ।
घरेलु टोलीका लागि लुइस डियाजले १६ औंमिनेटमा बराबरी गोलफर्काए । त्यसको ८ मिनेटपछि एलेक्सिसम्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।
३४ औंमिनेटमा कोडीगाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो ।६३ औंमिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ