
भारत । रोयलच्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्लीक्यापिटल्समाथि ६ विकेटको सानदार जित हातपार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थानबनाएको छ। क्रुनालपाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्यो ।
दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमै चार विकेट गुमाएर सहजै पूरा ग¥यो । टिमको जितमा क्रुनाल पाण्डेले अविजित७३ रनको महत्वपूर्ण योगदानदिए । ४७ बलको आफ्नो पारीमाउनले विराटकोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरेकाथिए। कोहलीले पनि ४७ बलमा ५१ रन जोडे । अन्त्यतिर टिमडेभिडले मात्र ५ बलमा १९ रन जोडेर लक्ष्यमा सहजता थपे ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो । केएल राहुलले सबैभन्दा बढी ४१ रन बनाउँदा, ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रनको आक्रामकपारी खेले ।
बलिङतर्फ आरसिबीका भुवनेश्वर कुमारले तीन विकेट लिए भने जोस हजेलउडले दुई विकेट निकाले ।
यो जितसँगै आरसिबीले १० खेलबाट १४ अंकबनाउँदै तालिकाको शिर्ष स्थानमा स्थानबनाएको छ। ९ खेल खेलेको दिल्लीभने १२ अंकका साथ चौथो स्थानमा छ।