
काठमाडौं । बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शसस्त्र प्रहरी बल ( एपीएफ ) विजयीभएको छ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८विकेटले पराजित गरेको हो ।बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९. ४ ओभरमा २ विकेट गुमाएर भेटायो ।
लक्ष्य पछ्याउने क्रममा एपीएफकाओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए।अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्काप्रहार गरे । कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए जुन क्रममा १३ बलमा २ चौकार १ छक्का प्रहार गरे ।बागमतीको बलिङ्माअशिम श्रेष्ठले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको बागमती प्रदेशले १९. ३ ओभरमा ८० रनमा सबै विकेट गुमायो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१ रन योगदान दिए भने बिबेक राना मगरले १३ तथा उत्तम थापा मगरले १० रन बनाउनु बाहेकअन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफ को बलिंगमा दायाँहाते मिडियम पेसर प्रकाश जैसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ५ ओभरमा १ मेडनगर्दै ३५ रन खर्चिए।देब्रे हाते स्पिनर अभिशेस गौतमले ३ विकेट लिए जुन क्रममे ३. ३ ओभरमा १ मेडनओभर गर्दै ७ रन मात्र खर्चिए।भोजराज भट्टले २ तथा दिवान पुनले १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ आर्मीसंग २ विकेटले पराजितभएको थियो ।
समुह‘ए’अन्तर्गत अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी विजयी भए समुह विजेताको रुपमा फाइनल प्रवेशगर्नेछ । यदी बागमतीले आर्मीलाई पराजित गरेको खण्डमा भने नेट रन रेटमा तिन टिममध्ये उत्कृस्ट हुने टिमअघिल्लो चरण प्रवेशगर्नेछ।
प्रतियोगितामा ६ टिम सहभागीछन् जसलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’मा शशस्त्रप्रहरी बल, त्रिभुवनआर्मी क्लब र बागमती प्रदेशछन् ।समुह ‘बि’मा नेपाल पुलिस क्लब, कोशीप्रदेश र भारतको आसाम क्रिकेट टिम रहेकाछन् ।
प्रतियोगिताको विजेताटोलीले रु. ४ लाखनगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।उपविजेता टोलीलाई रु. २ लाख नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगद सहित ट्रफी प्रदानगरिनेछ ।