
काठमाडौं । म्यानचेस्टर सिटीएफएकपको फाइनलपुगेको छ।नटिङ्घम फरेस्टलाई आइतबार २–० ले हराउँदै म्यानचेस्टर सिटीलगातार तेस्रो पटक एफएकपको अन्तिम दुईमा पुगेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमा मातेओ कोभासिचले बक्सको किनारामा दिएको पासलाई २० वर्षे रिको लुइसलाई गोलमा परिणत गरे ।
नुनो एस्पिरिटो सान्तोको टोलीले दोस्रो हाफको सुरुवातमा नै बराबरीको अवसर पाएको थियो ।क्यालम हड्सन–ओडोईले बक्समा दिएको पासलाई एन्थोनी एलाङ्गाले गरेको पहिलो प्रहार पोष्टको बाहिर गयो ।
त्यसको केही क्षणमै सिटीले अन्तर दोब्बर पार्यो । ५औंमिनेटमा ओमार मारमसको कर्नरबाट जोस्को ग्वार्डि ओलले हेडरमार्फत गोल गरे ।
निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटीआठौं पटक प्रसिद्ध एफएकपट्रफी उठाउने आशामा छ।वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टलप्यालेस सँग फाइनल खेल्नेछ ।