अन्तर्राष्ट्रिय जुडोको पहिलो दिन पामलाई ७ स्वर्ण


काठमाडौं, बैशाख ४ गते ।
बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बिहीबार ७ स्वर्ण जितेको छ । पहिलो दिन ११ स्वर्णको टुंगो लाग्दा पामले ७ स्वर्ण जित्यो । पामले पुरुषमा ४ र महिलामा ३ स्पर्धामा स्वर्ण हात पा¥यो । एपीएफले २ तथा बाँके र रुसले समान १–१ स्वर्ण हात पारे ।
नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली र ५५ केजीमुनि दीपेश गुरुङले पामलाई स्वर्ण दिलाए । फाइनलमा विष्णुले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रिन्स विक, अस्विनले एमएमएसीका दियान तामाङ, बविनले बाल विकास स्कुलका आदित्य श्रेष्ठ र दीपेशले कोशी प्रदेशका लक्ष्मी राजवंशीलाई पराजित गरे ।
पुरुषकै ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले भुटानका निमा तेन्जिन तथा ६६ केजीमुनि एपीएफका विशेष विकले दाङका सुन्दर राना मगरलाई फाइनलमा हराउदै शीर्ष स्थान हात पारे ।


पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली र ५२ केजीमुनि विनिता नेपालीले स्वर्ण जिते । कृष्णाले फ्रान्सकी लि प्लान्टार्ड, समिताले एसओएस जुडो डोजोकी मनमाया तामाङ र विनिताले भुटानकी तान्डिन दोर्जी वाङमोलाई पाखा लगाए ।
नयाँबजरस्थित खुशिबुँमा भएको प्रतियोगिताको महिला ३६ केजीमुनि बाँकेकी खिमा रोका पहिलो भइन् । खिमाले फाइनलमा एमएमएसीकी रेनिशा वाइबालाई पन्छाइन् । महिला ६३ केजीमुनि फाइनलमा एपीएफकी रेखा श्रेष्ठले पामकी लक्ष्मी श्रृषलाई पराजित गर्दै पहिलो भइन् ।
प्रतियोगिताको नेकोसका इन्चार्ज जेएन थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २ सय ८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् । पुरुषमा १२ र महिलामा ११ गरी २३ स्पर्धामा २१ वर्षमुनिका खेलाडी सहभागी छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार १२ स्पर्धाको फाइनल हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ