लक्की र सुष्मालाई स्वर्ण


लक्की चौधरी र सुष्मा तामाङले प्रथम पारा जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । पुरुष ६ं० केजीमुनि फाइनलमा लक्कीले प्रशान्त चौधरीलाई पराजित गरे । क्षितिज ठगुन्ना तेश्रो भए ।
महिला ५२ केजीमुनि फाइनलमा सुष्माले विपना पुनलाई पराजित गरिन् । भवानी श्रेष्ठ तेश्रो भइन् । प्रतियोगिता नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा भएको हो ।
आ–आफ्नो स्पर्धामा पहिलो भएका लक्की र सुष्मा जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकका लागि छनोट भएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ