
२०८१।०१।०४, सातदोबाटो, ललितपुर ।
आज सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो हलमा युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी तथा नेपाल स्थित कोरियाली राजदूत श्री पार्क तेई योङ द्वारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता २०२५ को उद्घाटन गर्नु भयो । नेपाल तेक्वान्दो संघ तथा मित्र राष्ट्र कोरिया स्थित विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा मिति २०८२ साल वैशाख ४ गते देखि वैशाख ६ गते सम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता २०२५ आयोजना हुन गईरहेको छ ।

उक्त समारोहमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई तथा रा.खे.प कार्यकारी समितिका सदस्य एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, राखेप एवं नेपाल तेक्वान्दो संघका सदस्य नन्दा बस्याल, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राखेपका सदस्य विदुर ढुंगानालगायतको उपस्थिति रहेको थियो ।
नेपाल भर सञ्चालित तेक्वान्दो डोजाङ्ग तथा विभागीय तेक्वान्दो टिमहरुबाट ७०० खेलाडी सहभागिता रहेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा खेलकुद मन्त्री चौधरीले देशको नाम उचो राख्न तेक्वान्दोले योगदान पु¥याइ रहेको बताउदै प्रतियोगिताको आयोजनाले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई समेत अझ प्रगाढ पार्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रतियोगितामा ब्रेकिङ, पुम्से, टिम फाईट तथा तेक्वान्दो एरोबिक्स जस्ता निकै नै रोमाञ्चक खेल विधाहरुमा कुकिवनको नियम बमोजिम प्रतिस्पर्धा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
