
काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीयटी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजितभएपछि नेपालीक्रिकेट टोलीको वरीयता खस्किएको छ ।
नेपालीटोली १ स्थानतलझर्दै १८औं स्थानमाखस्किएको हो ।नेपालआफू भन्दातल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजितहुँदै उपाधिबाटबञ्चितभएको थियो ।
त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनिआईसीसीटी–२०आई अलराउण्डर वरीयतामादोस्रोबाटतेस्रोमाझरेकाछन् ।
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमापुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो ।उनी अब तेस्रोमा इंग्ल्याण्डका लियामलिभिङस्टोनसँग समान२०९रेटिङका साथछन् ।
दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमाउक्लिएकाछन् भने भारतकाहार्दिक पाण्ड्या शीर्षमायथावत् छन् ।