
काठमाडौं ।
इन्डियनप्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार रातिभएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्लीक्यापिटलशीर्ष स्थानमाउक्लिएको छ।
दिल्लीले बुधबार आईपीएलको यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरतादिएको हो ।१८९ रनको लक्ष्यपछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमापुगेको थियो ।
सुपर ओभरमा सुरुमाब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो ।मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानकासिम्रनहटमायरले दोस्रो बलमाचौकाप्रहार गरे। तेस्रो बलमाउनले १ रन जोडेकाथिए।
त्यसपछि रियान परागले नोबलमाचौकाप्रहार गरे। त्यसपछिको बलमा पराग रन आउटभए।अर्कोबलमायशस्वीजयसवालदोस्रो रन लिने प्रयासमाआउटहुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्यदिएको थियो ।