ग्रिनफिल्ड र जेभियर उपाधि नजिक

ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित गर्‍यो । ग्रिनफिल्डको जितमा सशान्त कार्कीले २८ अंक योगदान गरे ।

पहिलो क्वाटर ९–९ को बराबरीमा सकिएको थियो भने दोश्रोमा ग्रिनफिल्डले २७–१५ को अग्रता बनाउदै जितको आधार खडा गर्‍यो । हेराल्डले तेश्रोमा १५–११ र चौथोमा २०–१९ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।

दोश्रो सेमिफाइनलमा लक्की महर्जनको १६ अंक सहयोगमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५३–४६ ले हरायो । जेभियरले पहिलो क्वाटरमा २०–४, दोश्रोमा ८–१३, तेश्रोमा १३–१० र चौथामा १२–१९ को प्रदर्शन गर्‍यो । फाइनल बिहीबार हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ