इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् एन्जिला

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् एन्जिला तुम्बापो सुब्बा बुधबार स्वदेश फर्किएकी छन्। अर्को सातादेखि सुरु हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी नेपाल फर्किएकी हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार उनी एयर अरेबियाको फ्लाइटबाट काठमाडौं आइपुगेकी हुन्। उनी व्यवसायीक फुटबल खेल्न ग्रीस पुगेकी थिइन्।

उनले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन्। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् एन्जिलाले अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन्।

एन्फा एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तराष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गराउन लागेको हो।

फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउने छ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ