हिमाली बास्केटबल शुक्रबारदेखि

हिमाली बोर्डिङ स्कुलको आयोजना प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ३४ टिमको सहभागिता रहने हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १०–१० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने हिमालीका अध्यक्ष जग्दिश्वर बरालले जानकारी दिए ।

फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पिङलास्थानस्थित आयोजककै कोर्टमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने हिमालीकी को–ओर्डिनेटर कल्पना बोहराले बताइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ