क्यानको विश्वकप तयारी योजनालाई सरकारद्वारा ५ करोड प्रदान

नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) बाट टि२० विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत माग गरेको ५ करोड रुपैयाँ निकासा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानले प्रस्तुत गरको योजनाका लागि आवश्यक रकम सरकारबाट पूर्ण रुपमा निकासा भएको जानकारी दिए । ‘विश्वकप छनोटको फाइनलमा सम्माननीय प्रधानमन्त्री ज्यूले हामीलाई के-के आवश्यकता छ भनेर सोध्नुभएको थियो । उहाँले सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसै अनुरुप हामीले छनोट भएको दुई सातापछि विस्तृत योजना राखेपमार्फत बुझाएका थियौं,’ खड्काले भने ।

‘आज दिउँसो मलाई राखेपबाट हाम्रो योजना अनुसार नै अर्थ मन्त्रालयबाट ५ करोड निकासा भएको सूचना प्राप्त भयो । यसले हाम्रो टिमको विश्वकप तयारीमा निकै ठूलो सहयोग पुगेको छ । सरकारलाई धन्यवाद दिन चाहन्छौं’,’ उनले थपे ।

सचिव खड्काका अनुसार क्यानले विश्वकपअघि विशेष प्रशिक्षण क्याम्प, सिरिज आयोजनासँगै विशेषज्ञ परामर्शदाताहरु ल्याउने लक्ष्यसहित विस्तृत योजना राखेपमार्फत बुझाएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ