हङकङसँग नेपालको हार

 फ्रेन्डसिप कप क्रिकेटको उपाधि घरेलु टोली हङकङले जितेको छ । 

शनिबार नेपाललाई ७३ रनले पराजित गर्दै घरेलु टोलीले प्रतियोगिताको उपाधि जितेको हो ।

हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १ सय ३९ रनमा समेटिएको छ । 

बिनोद भण्डारीले ४२, रोहित पौडेलले ३० र आरिफ शेखले ३८ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालको सुरुवात भने राम्रो रह्यो । उसले ३ विकेटको क्षतीमा १ सय १७ रन बनाएको थियो । त्यसपछि नेपालले थप २२ रन जोड्न बाँकी सबै विकेट गुमाएको हो ।  

सन्दीप जोरा २, गुलसन झा ८, विवेक यादव १, रासिद खान ३, प्रतिश जिसी शुन्य र आकाश चन्द २ रनमा आउट भए । सागर ढकाल शुन्य रनमा अविजित रहदाँ ओपनर कुशल भुर्तेल २ रनमा पोविलियन फर्किएका थिए ।

हङकङका अजाज खानले ४ विकेट चट्काए । इशान खान ३ तथा अतित इकबाल र नसरुल्ला राणाले समान एक एक विकेट हात पारे । 
 

शनिबार हङकङको मिसन रोड ग्राउन्डमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । 

३४ रनमा २ विकेट गुमाएर दबाबमा आएको हङकङको इनिङ्सलाई अंशु रथले बबर हयातसँग मिलेर सम्हालेका थिए । 

बाबरले ४९ बलमा १ सय १० रनको शानदार इनिङ्स खेले । उनले ३ चौका र १३ छक्काको मदतले सो स्कोर खडा गरेका हुन् । अंशु रथले ३९ रन बनाए । ओपनर मार्टिन कोएत्जीले ३१ रनको योगदान गरे । अजिज खान २१ रनमा अविजित रहे ।

नेपालका आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिस जिसी र सारिद खानले समान एक एक विकेट हात पारे । 

नेपालले अब हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्नेछ । 

यस वर्ष टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी क्रिकेट सिरिजमा आफुलाई केन्द्रित गरेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ