पूर्व प्रशिक्षक मोन्टीले सबैलाई धन्यवाद दिए

Monti Desai. Photo/Hemanta Shrestha

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देशाईले सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै मोन्टीले भनेका छन्,’ प्रिय नेपाल, यो बिदाइ होइन, यो धन्यवाद हो।’

जनवरी १०, २०२३ मा नेपाल क्रिकेट संघ नेपाल (क्यान) सँगको अवसरलाई नेपाल क्रिकेटमा स्थायी प्रभाव पार्ने कथा बनाउने आशा राख्दै उत्साह र उद्देश्यका साथ अज्ञात यात्रामा पाइला चालेको उनले लेखेका छन्।

आफ्नो कार्यकालको दुई वर्ष अविस्मरणीय रहेको भन्दै ऐतिहासिक उपलब्धीहरूले भरिएको क्षणहरुलाई पनि समझिएका छन्।

टियु मैदानमा एसिया कप छनोट हुँदा फ्यानहरु रुख चढेर, छातामुनि उभिएर समर्थन गरेको पल र मुलपानीमा विश्वकप छनोट हुँदा दर्शकको भीडले दिएको उर्जा अविश्वसनीय रहेको उल्लेख गरेका छन्।

उनले यो यात्रामा आरोह अवरोह भएको पनि जिकिर गरेका छन्। क्यान व्यवस्थापन, छनोटकर्ता, खेलाडी, प्रशिक्षक, पदाधिकारी, स्कोरर, ग्राउन्डसम्यान, क्यामराम्यान, कमेन्टेटरहरू, र कप्तान रोहित पौडेलसँग सँगै सानो भूमिका आफुले दिन पाएकोमा कृतज्ञ रहेको लेखेका छन्।

खेलाडीको लागि प्रशिक्षक मोन्टीले लेखेका छन,’ लाखौंको सपना बोकेर खेल्दा नम्र हुँदै, “वान बल ब्याटल” मानसिकताका साथ खेल्न र सधैं आफ्ना सीमाहरु बढाउँदै जान भनेका छन्। सम्बन्ध, एकता, र जिम्मेवारीमा आधारित “ह्याप्पी ड्रेसिङ रूम” को सिद्धान्त सधैं खेलाडीको बलियो पक्ष हुनेछ ।

सहायक स्टाफहरूको मिहिनेत अमुल्य रहेको भन्दै उनले धन्यवाद दिएका छन्। फ्यानहरूलाई अटुट समर्थन नेपाली क्रिकेटको सबैभन्दा बलियो पक्ष रहेको भन्दै नेपाली टोलीलाई निरन्तर विश्वास गरिरहन आग्रह गरेका छन्।

क्यान व्यवस्थापनलाई नेतृत्व गर्ने अवसर दिएकोमा धन्यवाद दिंदै आधार मजबुत भइसकेको भनेका छन्।
नेपाली जनतालाई उनले नेपाल मेरो दोस्रो घर बनेको छ भन्दै यहाँ क्रिकेट केबल खेल होइन। यो एउटा भावना हो, जसले सिंगो राष्ट्रलाई एक बनाउँछ भनेर लेखेका छन्।

आफ्नो स्टाट्सको अन्त्य उनले जय नेपाल लेखेर टुङ्गाएका छन्। क्यानले हिजो प्रेस विज्ञप्ती जारी गर्दे प्रशिक्षक मोन्टीको समझौता नविकरण नगर्ने जनाएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ