पदक विजेता एथलेटिक्स टोलीको स्वागत

बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोलीलाई शुक्रबार स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवर्ण श्रेष्ठ र जनकसिंह धामी, एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।
माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती र अस्मिता भुजेलले प्रतिस्पर्धा गरेका थिए । मनीष बाहेक सबैले पदक जिते । अफिसियलमा सुन्दरकेशर कार्की छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ