टाइगर कप भलिबल – पुलिससँग थाइल्याण्ड टोलीको हार

नेपाल पुलिस क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ थाइल्याण्डको क्लबलाई पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार सम्पन्न खेलमा खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो।

पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो। पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो। पहिलो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो। ट्राभल इन्क्वारीले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित भएको थियो।

आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। अब पुरुषतर्फको खेल हुनेछ। भारतको सुनिल भलिबल क्बल र नेपाल पुलिस क्लबबिच हुनेछ। त्यसपछि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफले प्रतिष्पर्धा हुनेछ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ