इटलीका सिनरले जिते अष्ट्रेलिय ओपनको उपाधि

अष्ट्रेलियन ओपन २०२५ को पुरुष सिंगलतर्फको उपाधि इटालीका विश्व नम्बर एक खेलाडी जेनिक सिनरले जितेका छन् । सिनरले १३ महिनामा भित्र जितेको यो तेश्रो ग्राण्डस्ल्याम उपाधि हो । सिनर २०२४ का पनि अष्ट्रेलियन ओपन च्याम्पियन हुन् ।

अष्ट्रेलियन ओपनको पुरुष सिंगलतर्फको फाइनल इटलीका जेनिक सिनर र जर्मनीका एलेक्जेन्डर ज्वेरेवबीच भएको थियो । फाइनल खेलमा सिनरले ज्वेरेवलाई ६–३, ७–६ र ६–३ को सोझो सेटमा पराजित गर्दै अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । फाइनल खेल २ घण्टा ४२ मिनेटसम्म चलेको थियो ।

विश्व नम्बर एक टेनिस खेलाडी सिनरले सन् २०२४ मा अष्ट्रेलियन ओपन र युएस ओपनको उपाधि जितेका थिए । २३ वर्षिय सिनर तीन पटक ग्राण्डस्ल्यामको फाइनलमा पुग्दा तीन पटक नै उपाधि जित्न सफल भएका छन् । सिनर सन् २०२४ मा फ्रेञ्च ओपन र बिम्वल्डनको सेमिफाइनल पुग्न सफल भएका थिए ।

सन् २०१५ देखि ग्राण्डस्ल्याम खेल्दै आएका जर्मनी ज्वेरेव तीन पटक ग्राण्डस्ल्यामको फाइनलमा पुगेपनि अहिलेसम्म एक पटक उपाधि जित्न सकेका छैनन् । यो पटक पनि उनलाई निरासा नै हात लागेको छ ।

Italy’s Jannik Sinner celebrates with the Norman Brookes Challenge Cup trophy after defeating Germany’s Alexander Zverev during their men’s singles final match on day fifteen of the Australian Open tennis tournament in Melbourne on January 26, 2025. (Photo by Martin KEEP / AFP) / — IMAGE RESTRICTED TO EDITORIAL USE – STRICTLY NO COMMERCIAL USE —
Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ