सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी आयोजना हाईब्रिड मोडलमा हुने भएको छ । उक्त कुराको जानकारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जानकारी गराएको हो । आईसीसीको यस्तो निर्णयसँगै अव भारतले अन्य देशमा च्याम्पियनस ट्रफीका खेल खेल्नेछ ।
सन् २०२५ को फेब्रुअरी र मार्चमा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीका खेलहरु भारतले पाकिस्तानमा गएर खेल्ने छैन। यदि च्याम्पियन्स ट्रफीको फाइनलमा भारतीय टोली पुगेमा उक्त फाइनल पनि पाकिस्तानमा आयोजना नहुने आईसीसीले जनाएको छ । यस्तो अवस्थामा फाइनल खेल अन्य मुलुकमा हुनेछ ।
त्यस्तै १९ डिसेम्वरमा वसेको आईसीसीको बैठकले सन् २०२४ देखि २०२७ सम्म हुने ठूला प्रतियोगिता कस्लेलाई दिने भन्ने बारेमा समेत निर्णय गरेको छ । त्यस्तै सन २०२५ हुने महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजनाको जिम्मेवारी भारतले पाएको छ।
यसैगरि सन् २०२६ को टी २० विश्वकप क्रिकेटको आयोजनाको जिम्मेवारी भारत र श्रीलंकाले संयुक्त रुपमा पाएका छन् । यदि पाकिस्तानले भारतमा गएर खेल्न नमाने पाकिस्तानले आफ्ना सम्पूर्ण खेलहरु श्रीलंकामा खेल्ने छ ।
त्यस्तै आईसीसीले सन् २०२८ सम्मका ठूला प्रतियोगिता हाईबिंड मोडलमा हुने समेत जानकारी गराएको छ । सन् २०२८ को महिला टी २० विश्वकपको आयोजनाको जिम्मेवारी पाकिस्तानले पाएको छ । यो प्रतियोगितामा पनि हाईब्रिड मोडल लागु हुनेछ।
