टोटनह्याम इङ्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलले पराजित गर्दै टोटेनह्याम अन्तिम चारमा प्रवेश गरेको हो ।
टोटेनह्याम हट्स्पर स्टेडियममा भएको खेलमा टोटनहमका लागि डोमोनिक सोलान्केले २ तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले १-१ गोल गरे ।
नाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड डायलो र जोनी इभन्सले गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
अब लिग कप फुटबलको सेमिफाइनलमा टोटनह्याम र लिभरपुल तथा आर्सनल र न्युक्यासल भिड्ने छन्।
