जेम्स स्कुलमा संचालन भइरहेको थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत भएको भलिवल फाइनलमा सरस्वति माविले ओलिभ स्कुललाई पराजित गरी स्वर्ण पदक जित्न सफल भयो। त्यस्तै एपीएफ स्कुलले काश्य पदक प्राप्त गर्यो।
त्यसैगरी बास्केटबलको यु–१८ छात्रतर्फ समूहचरणको खेलमा निस्ट स्कुलले एलआरआई स्कुललाई ३४–३० स्कोरले पराजित गर्यो। यु–१८ छात्रातर्फ समूहचरणमा भने गोल्डेनगेट इन्टरनेसनल कलेजले लर्डस लाइट एकेडेमीलाई २८–१९ स्कोरले हरायो।
त्यसैगरी यु–१६ छात्रतर्फ समूहचरणको खेलमा सेन्ट जेभियर्स स्कुलले लिटिल फ्लावर स्कुललाई ५०–१० स्कोरले, एलआरआई स्कुलले निस्ट स्कुललाई ३२–१४ र मातृभूमि स्कुलले लिटिल एन्जेल्स स्कुललाई ५६–२८ स्कोरले पराजित गर्यो।
त्यस्तै फुटबलतर्फ १२ वर्षमुनि छात्रसमूहको खेलमा लिटिल एन्जेल्स स्कुलले डिएभी स्कुललाई ९–० ले, चेल्सी वर्ल्ड स्कुलले जेम्स स्कुललाई ६–१ गोलले, एपिएफ स्कुलले निस्ट स्कुलका विरुद्ध ४–० गोलले तथा नेपाल पुलिस स्कुलले मोलिस स्कुललाई ५–१ गोलले पराजित गर्यो।
क्रिकेटतर्फ यु– १६ छात्र समूह अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा डिएभी स्कुलले जेम्स स्कुललाई ८ विकेट पराजित गर्यो। फाइनल खेल एलआरआई स्कुल र नेपाल पुलिस स्कुल बिच प्रतिस्पर्धा हुनेछ।
जेम्स स्कुलको आयोजनामा भइरहेको थन्डर्स बोल्ट्स कपमा विभिन्न १२ खेलमा उपत्यका भित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा वढी खेलाडीहरु विच प्रतिस्पर्धा चलिरहेको छ।
