जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए 

भारतीय क्रिकेट टोली बोर्डर- गावस्कर टेस्ट श्रृंखला खेल्न हाल अस्ट्रेलिया भ्रमणमा छ । पाँच टेस्टको श्रृंखला हाल १–१ को बराबरीमा छ ।

पहिलो टेस्टमा भारत विजयी भएको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको थियो । वर्षाबाट प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।

अस्ट्रेलिया र भारतबिचको चौथो टेस्ट ब्रिसबेनमा खेलिने छ । ‘बक्सिङ डे’ टेस्टका लागि भारतीय टोली ब्रिसबेन पनि पुगिसकेको छ ।

ब्रिसबेन विमानस्थलमा अस्ट्रेलियाकी एक महिला पत्रकारसँग विवाद गरेपछि भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली अहिले चर्चामा छन् ।

ब्रिसबेन विमानस्थलमा अस्ट्रेलियाको टेलिभिजन ‘च्यानल-७’ की महिला पत्रकारले विराट कोहली र उनको परिवारको तस्बिर तथा भिडियो खिचेपछि कोहलीले त्यसको प्रतिवाद गरेका थिए ।

विराट आफ्नी पत्नी नायिका अनुष्का शर्मा र दुई बच्चासहित ब्रिसबेन पुगेका थिए । विराटले पत्रकारलाई आफ्नो तस्बिर र भिडियो खिचे पनि परिवारको भिडियो नखिच्न आग्रह गरेका थिए ।

तर, महिला पत्रकारले आग्रहलाई बेवास्ता गर्दै विराटकी उनकी पत्नी र बच्चाहरूको तस्बिर र भिडियो खिचेपछि उनी विवादमा ओर्लिएका थिए । उनले महिला पत्रकारलाई आफ्नो परिवारको तस्बिर र भिडियो क्लिप डिलिट गर्न पनि आग्रह गरेका थिए ।

महिला पत्रकारले नटेरेपछि अन्ततः केही समय विवाद गरेर विराट आफ्नो परिवारसहित विमानस्थलबाट बाहिरिएका थिए  । विमानस्थलबाट बाहिरिँदा पनि विराट आक्रोशित थिए ।

अस्ट्रेलियाको कानुनले सार्वजनिक स्थलमा कुनै पनि सेलिब्रेटीको तस्बिर वा भिडियो खिच्न रोक लगाएको छैन । महिला पत्रकारले पनि सोही कुरा विराटलाई बताएकी थिइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ