नेपाल फिफा वरीयतामा यथावत

नेपाल फिफा वरीयतामा यथावत रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले यो वर्षको अन्तिम वरीयता सार्वजनिक गरेको हो। 

नयाँ वरीयताअनुसार नेपाल १७५औं स्थानमा यथावत छ। नेपालले अघिल्लो महिना ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

घरेलु टोलीसँग नेपाल ४–० ले पराजित भएको थियो। तर, अफगानिस्तानलाई भने नेपालले १३ वर्षपछि २–० ले हराएको थियो। 

नेपाल दक्षिण एसियाको वरीयतामा तेस्रो स्थानमा छ। भारत एक स्थान सुधार गर्दै १२६औं स्थान बनाएको छ। यस्तै, मादिभ्स १६२ र भुटान १८२औं स्थानमा यथावत छन्। बंगलादेश १८५, पाकिस्तान १९८ र श्रीलंका २००औं स्थानमा छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ