पाकिस्तानको अलराउन्ड प्रदर्शन, श्रृंखलामाथि कब्जा

दोश्रो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले अलराउन्ड प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई ८१ रनले पराजित गरेको छ । ब्याट्सम्यान र बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाबिरुद्धको तीन म्याचको श्रृंखलामा पाकिस्तानले २-० ले अग्रता कायम गर्दै श्रृंखला माथि कब्जा जमाएको हो ।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै ३२९ रनको योगफल तयार पारेको थियो । पाकिस्तानको तर्फबाट कप्तान मोहम्मद रिजवानले ८०, बाबर आजमले ७३ र कमरान गुलामको ६३ रनको अर्धशतकिय पारीले पाकिस्तानले निर्धारित ५० ओभरमा ३२९ रनको विशाल स्कोर खडा गरेको थियो ।

३३० रनको विजय लक्ष्य पाएको दक्षिण अफ्रिका ४३.१ ओभरमा २४८ रन बनाउँदै अलआउट भएको थियो । दक्षिण अफ्रिकाको तर्फबाट हेनरिक क्लासनले ९४ रनको पारी खेलेपनि अन्य ब्याट्सम्यानहरुले खासै योगदान दिन सकेनन् ।

पाकिस्तानलाई दोश्रो एकदिवसियमा सहज जित दिलाउन फास्ट बलर शाहिन शाह आफ्रिदीले सर्वाधिक चार विकेट लिएका थिए । त्यस्तै नसिम शाहले तीन र। अबरार अहमदले दुई विकेट लिए । पाकिस्तानको तर्फबाट विस्फोटक ब्याटिङ गरेका कररान गुलाम प्लेयर अफ द म्याच भए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ