म्यान्चेस्टर सिटी युभेन्ट्ससँग पारजित

प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा पारजित भएको छ । सिटी इटालियन क्लब युभेन्ट्ससँग २-०ले पराजित भएको हो।

सिटीविरुद्ध युभेन्टसलाई जित दिलाउन डुसान भ्लाहोविच र वेस्टन म्याकेनीले गोल गरे। च्याम्पियन्स लिगमा सिटीले ६ खेलमा समान २ जित, हार र बराबरी खेलेको छ। ८ अंकसहित २२ औं स्थानमा छ।

यभुेन्ट्स ३ जित र १ बराबरीसहित ११ अंक जोड्दै १४ औं स्थानमा रहेको छ।

च्याम्पियन्स अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलान कार्वेना जिवेज्डालाई २-१ ले हराएको छ l

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ