२०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी साउदी अरेबिया दिएको छ । यसको घोषणा फिफाका अध्यक्ष गियानी इन्फेन्टिनोले गरेका हुन् ।

यस्तै सन् २०३० मा हुने फिफा विश्वकप फुटबल संयुक्तरुपमा आयोजनाको लागि स्पेन, पोर्चुगल र मोरक्कोलाई जिम्मेवारी दिइएको छ ।

फिफाले सन् २०३४ को विश्वकप फुटबलको आयोजनाको जिम्मेवारी साउदी अरेबियालाई दिएपछि अब दोश्रो पटक अरेवियन मुलुकमा विश्वकपको आयोजना हुने पक्का भएको छ ।

यसअघि सन् २०२२ मा पहिलो पटक कतारले विश्वकप फुटबलको आयोजना गरेको थियो । सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेटिनाले विश्वकपको उपाधि जितेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ