नेदरल्यान्ड्सका कप्तानले विराटनगरबाट एनपिएल खेल्ने

नेदरल्यान्ड्स टिमका कप्तान स्कट एडवार्डस विराटनगर किंग्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

एडवार्डस विराटनगरको टिममा सहभागी हुन नेपाल आएका छन् । उनले नेदरल्यान्ड्सका लागि ७१ टि ट्वान्टी आईमा १ हजार २१ रन बनाएका छन् ।

विराटनगर एनपिएलको ४ खेलमा १ जितका साथ तालिकाको पुछारमा छ । विराटनगरले समूह चरणमा पोखरा एभेन्जर्स, चितवन राइनोज र काठमाडौं गुर्खाजसँग खेल्न बाँकी रहेको छ । विराटनगर नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ