फेका कप फुटबल यसै सातादेखि

संस्थागत विद्यालयहरुको संस्था (फेका) को आयोजनामा १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २५ टिमको सहभागिता रहने फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जनाएका छन् ।
प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिता
पुस ६ गतेसम्म चल्ने नकआउट प्रतियोगिताका खेलहरु मूलपानी चौर मैदानमा हुनेछ । गत संस्करणको उपाधि गेटवे एकेडेमीले जितेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ