सबालेन्काले जितिन् डब्ल्यूटीएको सर्वश्रेष्ठ खेलाडीको उपाधि

स्टार महिला टेनिस खेलाडी एरिना सबालेन्काले पहिलो पटक डब्ल्यूटीए २०२४ को सर्वश्रेष्ठ खेलाडीको पुरस्कार जितेकि छिन् । सर्वश्रेष्ठ खेलाडीको उपाधि जित्नुअघि गत अक्टुबरमा इगा स्वियातेकलाई पछाडि पार्दै महिला टेनिसको शिर्ष वरियतामा उक्लिन सफल भएकि थिइन् ।

बेलारुसकि २६ वर्षीय सबालेन्काले सन २०२४ मा दुईवटा ग्रान्डस्ल्यामको उपाधि जित्दै विश्वको नम्वर एक महिला खेलाडी बन्न सफल भएकि थिइन् । सबालेन्काले अष्ट्रिलियन ओपन र युएस ओपनको उपाधि जितेकि थिइन् ।

सवालेन्काले सन २०२४ मा ७० अन्तर्राष्ट्रिय व्यावसायिक टेनिस खेलमा प्रतिस्पर्धा गरेकि थिइन् । जसमा ५६ खेलमा जित हासिल गर्नुको साथै १४ खेलमा पराजित भएकि थिइन् ।

उनले यो वर्ष टेनिस खेलेर एक करोड अमेरिकि डलरको पुरस्कार राशी जितेकि थिइन् । त्यस्तै ऐमा नवारोलाई यो वर्ष सवैभन्दा खेलमा सुधार गर्ने खेलाडीको रुपमा सम्मानित गरिएको छ ।

यसैगरि पाउला बडोसालाई यो वर्ष सर्वश्रेष्ठ कमब्याक गर्ने खेलाडीको रुपमा सम्मानित हुँदा लुलु सनले यो वर्षकि सर्वश्रेष्ठ नयाँ खेलाडीको उपाधि जितेकि छिन् ।यसैगरि सारा इरानी र जेस्मिन पाओलोनीले यो वर्षको सर्वश्रेष्ठ युगल जोडीको उपाधि जितेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ