भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते । छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई २५-१६, १३-२५, २५-१५ र २५-२२ को सेटमा पराजित गर्यो । कालीदेवी तेश्रो भयो ।
छात्राको फाइनलमा भने एन्जल्स हार्ट चुक्यो । मानसिंहले एन्जल्स हार्टलाई २५-१३, १३-२५, २५-१७ र २५-२२ ले हरायो । मनमैजुले तेश्रो स्थानमा चित्त बुझायो ।
