भारतकि स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले आफ्नो विवाहको निम्तो कार्ड विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्डुल्करलाई दिएकि छिन्। सिन्धु विवाहको निम्तो कार्ड दिन आफ्नो हुनेवाला पतिसंगै तेन्डुल्करको निवासमा पुगेका थिए ।
ओलम्पिक खेलकुद प्रतियोगितामा व्याडमिन्टनतर्फ रजत र काँश्यगरि दुई पटक जित्न सफल पीवी सिन्धुको विवाह २२ डिसेम्बरमा वेंकेट दत्ता साईसँग हुदैछ ।
सचिनको निवासमा निम्तो दिन पुगेका दुवै जनालाई सचिनले बधाई तथा शुभकामना दिएका थिए । साथै आफुलाई निमन्त्रणा गरेकोमा सचिनले धन्यवाद दिएका थिए।
केहि दिन अगाडि मात्रै सिन्धुको परिवारले विवाहको अन्तिम टुङ्गो लगाएको थियो । यसपछि दुवै परिवारको सहमतिमा २२ डिसेम्बर विवाहको मिति तोकिएको थियो ।
सिन्धुको विवाह हैदरावादमा हुनेछ भने रिसेप्सन २४ डेसेम्वरमा हुनेछ । सिन्धुका हुनेवाला पति वेंकट दत्त साई एक कम्पनीको एग्जीक्युटिव डाइरेक्टरको पदमा कार्यरत छन् ।
