बंगलादेशले जित्यो अण्डर–१९ एशिया कपको उपाधि

बंगलादेशले अण्डर–१९ एशिया कप २०२४ को उपाधि जितेको छ । बंगलादेशले फाइनलमा उपाधिको प्रमुख दावेदार भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा १९८ रन बनाएको थियो ।

बंगलादेशको तर्फबाट रिजान हुसैनले सर्वाधिक ४७ रनको पारी खेलेका थिए । त्यसतै हिसावले ४०, फरिद हसनले ३९ र कप्तान अजिजु हाकिम तमिल १६ रन बनाएका थिए ।

१९९ रनको विजय लक्ष्य पाएको भारत ३५.२ ओभरमा १३९ रन बनाउँदै अल आउट भएको थियो । लिग चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको भारत त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा प्रवेश गरेको थियो ।

फाइनलमा भारतको तर्फबाट कप्तान मोहम्मद अमानले सर्वाधिक २६ र हार्दिक राजले २४ रनको पारी खेलेका थिए । त्यस्तै कार्तिकेयले २१ र सिद्धार्थले २०रन बनाएपनि अन्य ब्याट्सम्यानले खासै योगदान दिन नसक्दा भारत ५९ रनले पराजित भएको हो ।

एशिया कप २०२४ मा नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेपनि अन्य तीन खेलमा भने पराजित भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ